बागमतीका मुख्यमन्त्री लामाद्वारा तीन मन्त्री नियुक्त, धादिङका लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

लोकपथ
2.7k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताबाट हटेको भोलिपल्टै बुधबार तीन मन्त्री नियुक्त गरेका छन् । उनले धादिङका गोविन्द लम्साल र चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइँदा श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ । श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । यद्यपि, मन्त्रालय परिवर्तन पनि हुन सक्ने छ । 

उनीहरूलाई आज बिहान ११ बजे शपथ दिलाउने तयारी भइरहेको छ । 

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त थिए । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । 

लामाले हिजो कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका थिए ।  मंगलबार भएको मतविभाजनमा उनको पक्षमा १५ मत मात्र पर्‍यो । उनको विपक्षमा भने २२ मत परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?