बागमतीका  मुख्यमन्त्री लामाले तीन जना मन्त्री नियुक्त गर्दै, आजै शपथ

लोकपथ
3.5k
Shares
फाइल तस्बिर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री लामाका प्रमुख स्वकीय सचिव छत्रबहादुर लामाका अनुसार, प्रदेश सभा सदस्यहरू गोविन्द लम्साल (धादिङ), गीता गुरुङ (चितवन) र माया श्रेष्ठ (चितवन) लाई मन्त्री नियुक्त गर्न लागिएको हो । 

लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय र श्रेष्ठ र गुरुङलाई क्रमशः सहकारी र युवा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी छ । यद्यपि, मन्त्रालय परिवर्तन पनि हुन सक्ने छ । 

उनीहरूलाई आज बिहान ११ बजे शपथ दिलाउने तयारी भइरहेको छ । 

बागमतीमा कांग्रेसले सम्हालेको ५ वटा मन्त्रालयमा मन्त्री रिक्त छन् । ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । 

लामाले हिजो कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका थिए ।  मंगलबार भएको मतविभाजनमा उनको पक्षमा १५ मत मात्र पर्‍यो । उनको विपक्षमा भने २२ मत परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?