फेरि आयो ल्हेन्दे खोलामा बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

लोकपथ
1.2k
Shares

काठमाडौं । उत्तरी छिमेकी चीनतर्फबाट रसुवा हुँदै नेपाल बग्ने ल्हेन्दे खोलामा पुनः पानीको बहाव बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

आज बिहान अन्दाजी २ बजेको समयमा गोसाइकुण्ड गाउँपालिका–२ स्थित ल्हेन्दे खोलामा आएको बाढीले टिमुरे भन्सार र्याडमा रहेको धर्मकाटा बगाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै अहिले पनि त्यहाँ बाढीको सतह उच्च रहेको भन्दै रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरिएको छ ।

त्यस्तै सो समयमा खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगर्न समेत आग्रह गरिएको छ ।

गत असार १४ गते मध्यराति आएको बाढीका कारण नेपाल–चीन सीमामा पर्ने मितेरी पुल लगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । सरकारले त्यहाँ भएको क्षतिको आँकलन गरी उद्धार र राहतको कामलाई तीव्रता दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?