काठमाडौं । नेपाल हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त भएका छन् ।
गृहमन्त्री रमेश लेखकले मंगलबार अहमदलाई हज समितिको अध्यक्षमा नियुक्त गरेका हुन् ।
हज समितिको अध्यक्षमा नियुक्त भएका अहमद सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का हुन् ।
मंगलबार मन्त्री स्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया