काठमाडौं । प्रहरीेले छुट्टाछुट्टै स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् ।
प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले १० ग्राम र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले नागढुंगाबाट ७ दशमलव ५ ग्राम लागुऔषध बरामद गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ४१ वर्षीय यम बहादुर क्षत्री, काठमाडौं साँखुका २४ वर्षीय रोसन कार्की र बर्दियाका जलील अहमत सई तथा ३१ वर्षीय प्रेम राई दास रहेका छन् ।
सोमबार राति साढे ७ बजेको समयमा काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं।८ अत्तरखेल स्थित सडक खण्डमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो । त्यहाँबाट लागुऔषध बरामदसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुको साथबाट ५० हजार नगद समेत बरामद गरिएको छ ।
यता मंगलबार बर्दियादेखि काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख ५५२२ नम्बरको यात्रु वाहक बसलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा ७ दशमलव ५ ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु चारै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया