कानूनमन्त्रीलाई सांसद चन्दको प्रश्न : निर्वाचन विधेयक संसदमा कहिले आउँछ ?

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा  एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको अवस्थाबारे  खोजी गरिएको छ । 

नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले विधेयक कहाँ पुगेको छ र कहिले संसदमा पेस गरिनेछ भन्ने विषयमा मन्त्रीलाई प्रश्न गरिन् ।

संसदीय समितिको सिंहदरबारमा बसेको बैठकमा सांसद चन्दले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसीयलाई एकीकृत निर्वाचन व्यवस्थापन विधेयकको वर्तमान स्थिति सोधिन् । साथै, उनले संक्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) को प्रगति विवरणबारे पनि जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद चन्दले आगामी संसदीय निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवारको सुनिश्चितता गर्न आवश्यक निर्वाचनसम्बन्धी विधेयक छिटो अगाडि बढाउन जोड दिइन् । उनले प्रश्न गरिन्, ‘०८४ सालको चुनावमा महिला उम्मेदवारले ३३ प्रतिशत सहभागिता गर्न पाउनेछन् कि पाउने छैनन् ?’

यसैगरी, बाल विवाह गैर कानुनी भएको स्पष्ट व्यवस्था हुँदाहुँदै पनि यौन सम्पर्क भएर गरेको आधारमा बिहे गराइदिने प्रवृत्ति बढेको भन्दै सांसद चन्दले सरकारले यस विषयमा गम्भीर भएर ध्यान दिनुपर्ने कुरामा पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?