सेवा स्तर सुधार गर्नेतर्फ केन्द्रित भएर कानुन बनाउनुपर्छ  : माधव सापकोटा

लोकपथ
84
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानुन निर्माण गर्दा सेवा स्तर सुधारतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको सम्बन्धित समितिको बैठकमा बोल्दै उनले,‘ नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ मा संशोधन प्रस्ताव राख्ने सांसदहरूसँगको छलफलका क्रममा उक्त धारणा राखेका हुन् ।

सापकोटाले संस्थागत सुधार र सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै भने, ‘अलग–अलग संरचनाको परिकल्पना मात्र गरेर सेवा स्तर उही राखियो भने त्यसको उपादेयता रहँदैन ।’

उनले कानुनमार्फत निजी क्षेत्र र वैदेशिक लगानीलाई समेत आकर्षित गर्न सक्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

सांसद सापकोटाले अन्तर्राष्ट्रियस्तरलाई विश्वासमा लिने गरी र कालोसूची (ब्ल्याकलिस्ट) बाट नेपाललाई बाहिर ल्याउने उपायका रूपमा पनि विधेयकले भूमिका खेल्नुपर्ने बताएका छन् ।

उनले स्पष्ट पारी भने, ‘हामी कति स्पष्ट छौँ र सेवाको गुणस्तरमा सुधार गर्न कति प्रतिबद्ध छौँ भन्ने प्रश्नको उत्तरमा आधारित भएर मात्र यो विधेयक प्रभावकारी हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?