काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानहरूबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी र मकवानपुर जिल्लाबाट ती व्यक्तिहरू पक्राउ परेका हुन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । त्यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट, कैलालीको धनगढी उपमहानगरपालिका–२ र १४ खुटिया टोलबाट दुई–दुई जना गरी कुल छ जना पक्राउ परेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनाबाट २७ वर्षीय रामकुमार साह दुई किलो २५ ग्राम गाँजासहित पक्राउ परेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, कास्कीको पोखरा महानगरपालिका–२ बागलुङ बसपार्कबाट एक जना, स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दिबाट एक जना पक्राउ परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना लागूपदार्थसहित पक्राउ परेका छन् ।
पक्राउ परेका सबै विरुद्ध लागूपदार्थ सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया