निर्वाचित वडा अध्यक्षसहित दर्जन माओवादी नेता कांग्रेस प्रवेश

काठमाडौं, २० कात्तिक – डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गर्नुभएको छ सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्य दिएर प्रवेश गराउनु भएको हो । कांग्रेसमा प्रवेश गर्नुभएका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुदा उहाँको स्वकिय अधिकृत समेत हुनुहुन्थ्यो । उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुनुहुन्छ त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गर्नुभएको छ । त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । उहाँहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर उहाँहरुलाई कांग्रेसमा स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?