अमेरिकामा एक युवकले अन्धाधुन्द गोली चलाउँदा प्रहरी अधिकृतसहित चार जनाको मृत्यु

लोकपथ
1.7k
Shares

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा २७ वर्षीय एक युवकले गोली चलाउँदा प्रहरी अधिकृतसहित ४ जनाको मृत्यु भएको छ । ती युवकले आफैँलाई पनि गोली हानेका छन् ।

नेशनल फुटबल लिग, ब्ल्याक स्टोन जस्ता ठूला कर्पोरेट अफिसहरू रहेको ६३४ फिट अग्लो गगनचुम्बी भवनमा यो घटना भएको हो ।

लासभेगासका ती युवकले एउटा भवनको लबीबाट अन्धाधुन्ध गोली चलाएका थिए । सुरुमा न्यूयोर्क पुलिसका एक अधिकृतमाथि गोली चलाएका उनले त्यसपछि खम्बा पछाडि लुकेकी एक महिलामाथि गोली प्रहार गरेका थिए ।

गोली चलाउने व्यक्ति एमबीडब्ल्यू गाडी चढेर आएको र उनीसँग एम–फोर राइफल र एक रिभल्भर भएको त्यहाँको प्रहरीले जनाएको छ । उनी चढेर आएको गाडीमा त्यसका गोली र म्यागेजिन फेला परेको छ ।

प्रहरी अधिकारीहरूले पत्रकार सम्मेलन गर्दै गोली चलाउनुको कारण अझै स्पष्ट नभइसकेको बताएका छन् ।

गन भायोलेन्स आर्काइभको तथ्यांक अनुसार यो अमेरिका भित्र यसै वर्ष भएको २५४ औँ सामूहिक गोलीकाण्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?