काठमाडौं । जनकपुरमा गएराति धारिलो हतियार प्रहारबाट १४ वर्षीया किशोरीको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् ।
जनकपुर उपमहानगरपालिका–४ स्थित कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको हो ।
अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
मृतक अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।
मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया