बिहीबार नै हिँडेको थियो ‘हायु’ परिवार, अन्तिम लोकेसन रामेछाप देखियो

लोकपथ
16.7k
Shares

काठमाडौं । एकैपरिवारका १६ जना सदस्य एकाएक रहस्यमयी तरिकाले हराएको घटनाले सबैलाई चकित तुल्याएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बागेश्वरबाट एकैपरिवारका १६ जना बेपत्ता भएका छन् ।

लोपोन्मुख हायु जातीका १६ जनाको परिवार लामो समयदेखि त्यहाँ बस्दै आइरहेको थियो । अरुकै घरमा साहरा लिएर बस्दै आएको हायु परिवार केही दिनदेखि हराए पनि सोमबार मात्रै उनीहरु हराएको बाहिरिएको हो ।

जंगलको बिचमा एकान्तमा घर भएका कारण अन्य छिमेकीहरुको आवतजावत समेत कम भएका हुँदा उनीहरुको अवस्था अज्ञात बन्न पुग्यो । हाल प्रहरीले उनीहरुको खोजी गरिरहे पनि कहाँ छन् भन्ने पत्ता लाग्न सकेको छैन ।

उनीहरुसँग मोबाइल रहेको तर मोबाइलको लोकेशन तीन दिनअघि रामेछापमा देखाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनीहरु बिहीबारदेखि बेपत्ता भएका हुन् । उनीहरुको लोकेशन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको थियो ।

बेपत्ता भएका सदस्यहरुमा वर्ष ५२ की उर्मिला हायु (आमा), वर्ष २७ की कमला हायु (छोरी), वर्ष २३ की कोमल माया हायु (बुहारी), वर्ष २२ की उषा हायु (छोरी), वर्ष १८ की अस्मिता हायु (छोरी), वर्ष १२ की सान्ता हायु (छोरी), वर्ष २९ का राजु हायु (छोरा), वर्ष २४ का हिमाल हायु (छोरा), वर्ष १६ का लाल बहादुर हायु (छोरा), वर्ष १४ का बेग बहादुर हायु (छोरा), वर्ष ११ का लक्की हायु (छोरा), वर्ष १२ का सुवर्ण हायु (छोरा), वर्ष १० की ओम कुमारी हायु (छोरी), वर्ष १ को अर्जुन हायु –नाती) र वर्ष ४ की रियासा हायु (नातिनी) रहेका छन् ।

त्यसो त उनीहरुले सरकारले उपलब्ध गराउँदै आइरहेको भत्ता केही दिनअघि मात्रै बुझेका थिए । प्रतिमहिना प्रतिव्यक्ति ४ हजार भत्ता सरकारले उनीहरुलाई दिँदै आएको थियो । एकैपटक तीनमहिनाको भत्ता बुझेपछि घरमा सुँगुर काटेर भोज गरेको समेत खुल्न आएको छ । साथै घरमा पालेका गाईवस्तुहरु त्यतिकै छाडेर उनीहरु हिँडेका हुन् ।

प्रहरीले प्रविधिको प्रयोग गरेर उनीहरुको लोकेसन ट्रेस गर्ने काम गरिरहेको छ । तर मोबाइल स्वीच अफ रहेका कारण अन्य कुराहरु पत्ता लगाउन नसक्दा प्रहरीले खोजिका लागि सहयोग गरिदिन आग्रह समेत गरेको छ ।

यो पनि…

ऋणमा डुबेको हायु परिवार : भत्ता बुझे, भोज खाए अनि हिँडे

एकाएक गाउँबाट १६ जनाको परिवार नै गायब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?