मौसम प्रतिकुल बन्दा गोसाइकुण्डमा मृत्यु भएका २ युवाको शव ल्याउन कठिनाइ

लोकपथ
1.6k
Shares
गोसाइँकुण्डको बीचमा रहेको शिवलिङ्ग

काठमाडौं । मौसम प्रतिकुलताका कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित गोसाईकुण्डमा फेला परेको दुई जनाको शव काठमाडौं ल्याउन कठिनाइ भएको छ ।

लगातार वर्षाको कारण उक्त क्षेत्रमा हेलिकप्टर जान र ल्याण्ड गर्न असम्भव भएपछि उनीहरुको शव तीर्थ यात्री बस्न बनाईएको पाटीपौवामा राखिएको छ ।

सो स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. २० गुल्म रसुवा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज तैनाथ रहेको छ ।

स्नान गर्ने क्रममा बेपत्ता दुवै जनाको शव नेपाली सेनाको श्री श्रीनाथ गण सुरक्षा पोष्ट चन्दनवारीबाट खटिएको सुरक्षा फौजले साउन १२ गते बिहान करीव ११ बजे गोसाईकुण्डबाट बाहिर निकालेका थियो ।

गोसाईकुण्डमा स्नान गर्ने क्रममा साउन ११ गते मोरङ जिल्लाको बेलवारी नगरपालिका–११ बस्ने २५ वर्षिय मनोज न्यौपाने र सोही जिल्लाको विराटनर महानगरपालिका–३ बस्ने २९ वर्षिय सुजन ढकाल डुवेर बेपत्ता भएका थिए ।

मौसम सफा भएपश्चात भोली हेलीकप्टरद्धारा दुवै जनाको शव कामठमाडौ ल्याउने तयारी रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?