काठमाडौं । संसदीय समितिले निर्माणाधिन त्रिवि क्रिकेट मैदानको स्थलगत अवलोकन गरेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुगेर निर्माणाधिन रंगशालाको स्थलगत अवलोकन गरेको हो ।
प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सदस्यहरुले रंगशालाको अवलोकन गरे ।
आइतबार बसेको समितिको बैठकले अवलोकन गर्ने निर्णय गरेको थियो ।
आज बसेको समिति बैठकमा यसबारे जानकारी गराएको हो ।
अहिले मैदान स्तरोन्नति, प्यारापिट, फ्लड लाइट बनाउने काम भइरहेको छ । समयमा काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना भइरा अहिले काम भइरहेको छ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया