काठमाडौं । नेपाल अटोमोबाइल एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोमा सहभागीले एक लाख नगद पुरस्कारको घोषणा गरेको छ ।
आफ्नो पहिलो संस्करणको मोबिलिटी एक्स्पो गर्न लागेको नाइमाले उत्कृष्ट भिडियो बनाउनेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेको हो ।
नाइमाले सोमबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नाइमाका अध्यक्ष रितुसिंह वैधले एक्स्पोसँग सम्बन्धी उत्कृष्ट भिडियो बनाउनेलाई पुरस्कारको व्यवस्था गरेको बताइन् ।
‘एक्स्पोमा एक्स्पो सम्बन्धि उत्कृष्ट भिडियो बनाउने मध्य एक जनाले नगद १ लाख रुपैयाँ जित्न सक्ने छन्,’ उनले भनिन् ।
त्यस्तै नाइमाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाईन प्रतियोगिता गर्न लागेको समेत उनले बताइन् ।
नाइमाले घोषणा गरेको उक्त आकर्षक पुरस्कारले कन्टेन्ट क्रियटरहरुलाई समेत अटो प्रर्दशनमा समेट्न खोजिएको छ ।
अटो प्रर्दशनसँगै अरुपनि थुप्रै विशेष अनि उत्कृष्ट कार्यक्रम हुने भएकाले नाइमाले भिडियो प्रतियोगितालाई समेत समावेश गर्न लागेको हो ।
भिडियो आगामी साउन २१ गतेदेखी २५ गते अपलोड गरेको हुनु पर्नेछ । त्यसबाहेक सहभागीहरु मध्य उत्कृष्ट १० जनालाई१० हजारका दरले नगद पुरस्कार प्रदान गरिने समेत नाइमाले जनाएको छ ।
आगामी साउन २१ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालकै ठुलो भनिएको अटो शो हुन लागेको हो । सो प्रर्दशनीलाई केन्द्रमा राखेर नाइमाले अरु पनि थुप्प्रै कार्यक्रम गर्न लागेको छ ।
उसो त यो नाइमाको पहिलो मोबिलिटी एक्स्पो हो । पहिलो प्रर्दशनीमै पनि ५० भन्दा धेरै अटो ब्राण्डले प्रर्दशनीमा सहभागी हुने पक्का भएको छ ।
नयाँ प्रविधि र मोडलका अटोहरु सार्वजनिक गरिने कुरा समेत नाइमाले जानकारी गराएको छ । जसमा १५ वटा दुई पाङ्ग्रे, १५ वटा चार पाङ्ग्रे र ५ वटा कर्मशियल सवारीसाधन लन्च हुनेछन् ।
प्रर्दशनीको पहिलो दिन सफल सेलिबे्रटी बैंकर्सका रुपमा परिचित अनिल केशरी शाहले दिउँसो २ बजे देखि ५ बजे सम्म मोबिलिटी हिजो, आज र भोलि विषयमा ज्ञानवद्र्धक सत्र संचालन गर्नेछन् ।
अटो एक्स्पो समितिका प्रमुख शिरीष कुमार मुरारकाले यसपटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डपको प्रर्दशनी स्थलमा आयोजना गर्ने बताउदै उनले त्यहाँको भौतिक पूर्वधारमा गरिएको सुधार विशेषगरी जल निकास, अपाङ्गमैत्री पूर्वाधार जस्ता व्यवस्थामा सुधार भएको भन्दै तारिफ समेत गरे ।
प्रर्दशनीका क्रममा टिकेटबाट उठेको कुल रकमको ५ प्रतिशत रकम शिक्षा मन्त्रालय र प्रविधि शिक्षा तथा व्यवसायिक तालिम परिषदको सहकार्यमा विद्यार्थी हरुलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृति तथा फेलोशिपहरु प्रदान गरिने अध्यक्ष वैद्यले जानकारी गराइन् ।
नाइमाको पहिलो संस्करणको अटो शोको टिकेटिङ्ग पार्टनरका रुपमा खल्ती बाई आइएमईसँग सम्झौता गरेको छ । जसअनुसार सर्वसाधारणले खल्ती बाई आईएमईको एपबाट टिकट लिन सक्ने छन् ।
त्यसबाहेक प्रर्दशनीमा सहभागी हुन चाहनेले भौतिक उपस्थितिमा समेत टिकट काट्न सक्ने छन् । त्यसका लागि प्रर्दशनी स्थलमै डेस्क राखिने अटो एक्स्पो समितिका प्रमुख मुरारकाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया