काठमाडौं । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मुख्यमन्त्री चेतनाथ आचार्यले पाण्डेलाई आइतबार युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए ।
सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नवनियुक्त मन्त्री पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया