शेयर बजारमा सामान्य गिरावट, १९ अर्ब बढीको कारोबार

लोकपथ
77
Shares

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज नेप्सेमा २ दशमलव ०७ अंकको गिरावट आएको हो ।

आज कुल ४ करोड ४१ लाख २४ हजार ९ सय २४ कित्ता शेयर १९ अर्ब बढीमा कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार आज कुल १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको हो ।

त्यसो त आज शेयर बजार २ हजार ९ सय ६२ अंकमा रोकिएको छ ।

त्यस्तै आज कारोबारमा आएकामध्ये ९४ वटा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । त्यस्तै कारोबारमा आएकामध्ये १५६ कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?