काठमाडौं । अवैध लागुऔषध खैरोहेरोइन (ब्राउनसुगर) सहित ७ जना पक्राउ परेका छन् ।
प्रहरी बृत्त बालाजुको टोलीले शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंगाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ५४.५९ ग्राम खैरोहेरोइनसहित केही नगद, १० थान मोबाइल र एउटा मोटरसाइकल समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुलीका ३१ वर्षीय शंख बुद्ध लामा, धादिङका ३० वर्षीय विदुर कमर, सिन्धुपाल्चोकका रमेश तामाङ, रामेछाप ३५ वर्षीय कृष्ण बहादुर कार्की, काठमाडौं तारकेश्वर ४८ वर्षीय विकाश थापा, झापाका ३४ वर्षीय गुड्डु अहमद रहेका छन् ।
उनीहरुको साथबाट १० थान मोबाइल, ६९ हजार ५०० रुपैयाँ नगद र बागमती प्रदेश ०२–०३२ प ९६७४ नम्बरको एनएस मोटरसाइकल रहेकोजिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
गोलढुंगामा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ हो ।
बोहराका अनुसार जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया