प्रधानमन्त्रीप्रति सुमनाको कटाक्ष– ‘हेलिकप्टरबाट हेर्दैमा मधेसमा पानी आउँदैन’

लोकपथ
1.3k
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खनिएकी छन् ।

तराई मधेसमा परेको खडेरी र सरकारको तयारीबारे आफ्नो धारणा राख्दै श्रेष्ठले प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेकी हुन् ।

पूर्वमन्त्री समेत रहेकी सांसद श्रेष्ठले सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै प्रधानमन्त्री ओली हेलिकप्टरबाट मधेस जाँदैमा पानीको समस्यमा समाधान नहुने बताइन् ।

‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैँमा मधेसमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् ।

त्यस्तै तराईमा अहिले भइरहेको समस्या निर्वाचनका लागि मात्र नेताहरुले सोच्ने गरेका कारण निम्तिएको टिप्पणी गरिन् ।

‘मधेसमा भएको अभावलाई हेरौँ । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, सुमनाले भनिन् ।

त्यस्तै सरकारी जग्गामा आँखा लगाउने नाममा मन्त्रीहरु घुस काण्डमा मुछिएको भन्दै कटाक्ष गरिन् । साथै सार्वजनिक जग्गामा आँखा नलगाउन समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?