काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरुले निरन्तरता पाउने भएका छन् ।
अर्थमन्त्रालयका अनुसार एमसीसीको यही साउन ८ गतेको पत्रअनुसार नेपालमा सञ्चालित एमसिसीका कार्यक्रमले निरन्तरता पाएका हुन् ।
‘नेपाल सरकार र उक्त निकायबिच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो,’ अर्थमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्बन्धमा यही साउन ८ गते कार्यक्रम पुनरावलोकन भएको र नेपाल कम्प्याक्टको निरन्तरताका लागि सिफारिस भएको पत्र प्राप्त भएको छ ।’
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अमेरिकाले विश्वका विभिन्न मुलुकलाई दिँदै आएको सहायता कटौती गरेको थियो । जसअनुसार एमसीसी परियोजना समेत स्थगित हुन पुगेको थियो । नेपालमा एमसीसीको सम्झौता अनुसार ट्रान्समिसन लाइन निर्माणको काम समेत अघि बढेको थियो । तर अमेरिकाले सम्झौता रोक्दा समस्या उत्पन्न भएको थियो । अमेरिकाको उक्त निर्णय पुनरावलोकन हुँदा एमसीसीको परियोजना अन्तर्गतका कामहरु निरन्तरता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया