सुनको मूल्य स्थिर हुँदा चाँदीको कति ?

लोकपथ
203
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कायम छ । अघिल्लो दिन (आइतबार) सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेर सोही दरमा स्थिर भएको थियो ।

चाँदीको मूल्य भने सोमबार पाँच रुपैयाँले बढेको छ । आइतबार प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार २ सय ९५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?