कपिलवस्तुमा बसको ठक्करबाट अटो रिक्सामा सवार दुई जनाको मृत्यु, दुई घाइते

लोकपथ
273
Shares

काठमाडौं । कपिलवस्तुमा आइतबार राति यात्रुवाहक बसको ठक्करबाट अटो रिक्सामा सवार दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

शिवराज नगरपालिका–१ स्थित उमरीमा ग १ ख ९० १३ नम्बरको बसले लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिँदा स्थानीय ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना रानाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा सिटी अस्पतालमा भैरहवामा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रितेन्द्र सिंहका अनुसार, दुर्घटनामा पवित्रा सुनार तथा प्युठान घर भएका १८ वर्षीय शक्ति भण्डारी घाइते भएका छन् । उनीहरूको सिटी अस्पतालमै उपचार भइरहेको छ । 

ठक्कर दिने बस र अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?