काठमाडौं । काठमाडौंको सुन्दरीजलमा बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको उद्धार भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक आज बिहान साढे २ बजे चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा एक्कासि खोलाको बहाव बढेपछि बिचमा फसेका थिए । उनीहरूलाई चन्दननाथ गणबाट खटिएको सेनाको उद्धार टोलीसहित अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया