काठमाडौं । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई जना तीर्थालु आइतबार बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङकै बेलवारी नगरपालिका निवासी मनोज न्यौपाने रहेका छन् ।
तीर्थयात्राका लागि आएका ती युवा गहिरो स्थानमा स्नान गर्न कुण्डमा पसेपछि डुबेको आशंका गरिएको छ।
घटनापछि सुरक्षासम्बन्धी निकायले खोजी कार्य तीव्र बनाएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरूको टोली आइतबार नै घटनास्थलतर्फ पठाइएको छ।
हाल कुण्ड आसपास र पानीको गहिराइमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया