काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले अस्पताबाट उपचार मात्र नभएर आशाको ज्योती जगाउने विश्वास व्यक्त गरेका छन् ।
विश्व ‘टाउको तथा घाँटी क्यान्सर दिवस’को अवसरमा बोल्दै चालिसले सो कुरा बताएका हुन् ।
क्यान्सरका बिरामीहरुका लागि मुख्य गन्तव्यको केन्द्र बनेको अस्पतालले आज टाउको तथा घाँटीको क्यान्सर दिवस मनाएको थियो ।
‘भक्तपुर क्यान्सर अस्पतालमा हामी केवल रोगको उपचार गर्दैछौँ होइन, हामी आशाको ज्योति जगाउँदैछौँ ।र आज यहाँ उपस्थित तपाईंहरू सबैसँग त्यो आशा झनै उज्यालो भएको छ,’ डा. चालिसले भने ।
क्यान्सर जस्तो प्राणघातक रोग लागेर पनि भक्तपुर क्यान्सर अस्पतालको उपचारपछि निको भएकाहरुलाई स्मरण गर्दै आजको दिन कुनै दिवस भन्दा पनि उनीहरुको सम्मानको रुपमा रहने उनले बताए ।
साथै तीनै क्यान्सर सर्भाभरहरु आफूहरुको प्रेरणाको स्रोत भएको प्रशंसा गर्दै उनले भने, ‘तपाईंहरू नै हाम्रा प्रेरणा हुनुहुन्छ । तपाईंहरूले देखाउनु भएको साहस र संघर्षले हामीलाई हरेक दिन काम गर्न ऊर्जा दिन्छ ।’

डा. चालिसेले नेपालमा क्यान्सरको अवस्था र त्यसलाई रोकथामदेखि निदानसम्मका लागि चेतनास्तरको बारेमा समेत प्रकाश पारे । आफूलाई क्यान्सर लागेको कुरा थाहा हुँदाहुँदै पनि सामाजिक परिवेशका कारण त्यसलाई लुकाएर बस्ने प्रवृत्तिका कारण त्यसले जटिलता निम्त्याएको उनले बताए ।
‘नेपालमा टाउको र घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । दुःखको कुरा के छ भने, यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र सुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका हुन् । तर, जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो चरणमा मात्र अस्पताल आउनुहुन्छ,’ डा. चालिसेले भने ।
साथै समाजमा भएका तीनै भ्रमहरु चिर्न समेत आफूहरु लागिपरेको उनले बताए ।
त्यसो त अस्पतालले गत आर्थिक वर्षमा अछामदेखी पाँचथरसम्म पुगेर करिब १५ हजार महिलाको निःशुल्क परीक्षण गरेको थियो । त्यस्तै सो क्रममा हजारौँ पुरुषहरुको जाँच गरेर रोगको शुरुवाती चरणमा नै कसरी पत्ता लगाउने भन्ने कुरा स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी र स्वास्थ्यकर्मीलाई समेत प्रयोगात्मक सिकाइहरु समुदाय लक्षित कार्यक्रम गरेको थियो ।

साथै आगामी वर्षहरुमा मुख, जिब्रो र घाँटीका जाँचहरु समुदायमा नै गएर प्रभावकारी रुपमा गर्नका लागि आवश्यक उपकरणहरुको व्यवस्था गरिदिन समेत सरकारसँग आग्रह गरेका छन् ।
त्यस्तै अस्पतालले यसै वर्षदेखि हामी क्यान्सर निदानका लागि अत्यावश्यक पेट स्क्यान सेवा सुरु गर्न लागेको छ । उक्त मेसिन खरिदको लागि आवश्यक बजेटको प्रबन्ध गरिदिएकोमा कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई धन्यवाद व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया