काठमाडौं । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति साउदी अरबद्वारा आफू मातहत विभिन्न समितिहरु गठन गरेको छ ।
जुलाई २५ शुक्रबार जनसम्पर्क समिति साउदीले आफू मातहत रहेको जनसम्पर्क रियाद क्षेत्रीय समितिसँगको सह–आयोजनामा केन्द्रीय समितिको मातहतमा तरुण दल समिति, साउदी मुस्लिम संघ समिति र क्षेत्रीय समिति को मातहतमा सुदुर पश्चिमेली इकाइ समिति गठन गरेको हो ।
केन्द्रीय समितिका विभिन्न चरणको औपचारिक र अनौपचारिक छलफल पश्चात सभापति अर्जुन थापाले सबै समितिको संयोजक तोकी आवश्यक निर्देशन समेत दिए ।
सभापति थापाका अनुसार तरुण दलको लागी केन्द्रीय सदस्य भिम विश्वकर्मा, मुस्लिम संघको लागि सद्स्य राम चन्द्र राउत र सुदूरपश्चिमेली इकाइ समितिका लागि खेमराज भट्टलार्इ संयोजक तोकेका छन् ।
रियादको बथामा अवस्थित यास्मिन होटलको हलमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।
दुई चरणमा विभाजन गरिएको कार्यक्रममा नेपाली जन सम्पर्क समिति साउदीका सभापति अर्जुन थापाको सभापतित्व, सहमहामन्त्री सुजनशेर राईले कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष अरुण बेल्बासेले स्वागत मन्तव्य राखेका थिए ।
लगत्तै नेपाली जन सम्पर्क क्षेत्रीय समिति रियादले क्षेत्रीय सभापति राजेन्द्र कार्कीको सभापतित्व ,महामन्त्री विकास पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए भने क्षेत्रीय समिति प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य राम चन्द्र राउत ज्युको स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नवनिर्वाचित तीन वटै समितिलाई पद तथा गोपनियताको सपथ गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया