एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट

लोकपथ
224
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रालिबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौतापछि बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।

ग्राहकहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौँडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।  

छुट लिन ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, अथवा मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यस सहकार्यबाट ग्राहकलाई विशेष सुविधा मिल्नुका साथै डिजिटल भुक्तानी प्रणाली प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?