काठमाडौं । कुलिङ अफ पिरियडमा भएको छलछामबारे गठन गरिएको संसदीय विशेष छानबिन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । समितिले तीनै जनालाई भेटेर समान दुई ओटा प्रश्न सोध्ने छ ।
यी तीन जना नेतालाई सोध्नका लागि ‘कुलिङ अफ पिरियडमा तपाईंको धारणा के छ ?’ र ‘यो समितिलाई के सुझाव दिन चाहनुहुन्छ ?’ भन्ने दुई वटा प्रश्न तयार गरिएको छ ।
समितिले प्रश्न सोध्ने र प्राप्त जवाफ रेकर्ड गरेर प्रतिवेदनमा समावेश गर्ने छ ।
प्रतिनिधिसभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निष्क्रिय हुने प्रावधान रहेको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन समिति बनाएर छलफल गरिरहेको छ ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया