११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
581
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ११सय रुपैयाँले घटेको हो ।

शुक्रबार १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ११ सयले घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि ५० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?