२०० उच्च सरकारी अधिकारीको निद हराम, अख्तियारले थाल्यो छानबिन

काठमाडौं, २० कात्तिक– अकुत सम्पत्ती आर्जको मामिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आक्रामक देखिएको छ । अख्तियारले अकुत सम्पत्ति आर्जनमा २ सय जना बढी उच्च सरकारी अधिकारीमाथि विस्तृत छानविन थालेको बताइएको छ छानबिनमा पर्नेमा अवकासप्राप्त र वहालवाला उच्च अधिकारीहरु रहेका छन् जसमा सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय अन्तर्गतका उच्च अधिकारी अख्तियारको मुख्य टार्गेटमा परेका छन् अख्तियारले आइतबार मात्र पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो  यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको थियो । त्यसबाट करीब दुई सयमाथि छानविन थालिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?