जनकपुरधाम यातायात कार्यालयले संकलन गर्‍यो ६७ करोड राजस्व

लोकपथ
42
Shares

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा करिब ६७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालू आवमा ६६ करोड ६९ लाख ४३ हजार ९८० रुपैयाँ राजस्व संकलन गरेको हो।

कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण, नवीकरण तथा जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण, रुट परमिट, नामसारी, पटके लगायत विभिन्न सेवाका शीर्षकबाट राजस्व आर्जन गरेको हो ।

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहका अनुसार, विद्युत् आपूर्तिमा भइरहेको समस्या समाधान गर्न सोलार प्रणाली जडान गरिएकाले कार्यालयको सेवा प्रवाहमा सुधार आएको छ। उनका अनुसार, यसले सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन सघाएको छ ।

उक्त अवधिमा सरकारी, सार्वजनिक, भाडाका तथा निजीसवारी गरी ८ हजार ५७ वटा सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?