एनपीएल दोस्रो संस्करणको अक्सन साउन २४ मा, ४५८ खेलाडीले गराए नाम दर्ता

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियाअन्तर्गत उक्त मितिमा अक्सन गरिने क्यानले जानकारी दिएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दोस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया जुलाई १२ देखि २२ (साउन २८ सम्म) सञ्चालन गरिएको थियो। उक्त अवधिमा कुल ४५८ जना नेपाली क्रिकेट खेलाडीहरुले आफ्नो नाम दर्ता गराएका छन् ।

दर्ता भएका सबै खेलाडीहरूको विवरण एनपीएलमा सहभागी आठवटा फ्रेन्चाइज टोलीलाई उपलब्ध गराइएको छ । क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डका आधारमा तथा फ्रेन्चाइज टोलीहरूले चाहेका खेलाडीहरूको सूचीअनुसार अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता लामाले जानकारी दिए ।

एनपीएलको दोस्रो संस्करण यसअघि भन्दा थप व्यवस्थित र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अक्सनपछि टोली निर्माण प्रक्रिया टुंगिएपछि लिगको मिति तथा स्थानको घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?