काठमाडौं । भारतको राजस्थान राज्यमा सरकारी विद्यालयको भवन भत्किँदा सात बालबालिकाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
राजस्थानको राजधानी जयपुरदेखि करिब ४१२ किलोमिटर दक्षिणमा पर्ने झालावार जिल्लाको मनोहर थाना क्षेत्रअन्तर्गत पिपलोदीस्थित सरकारी विद्यालयमा यो दुर्घटना भएको हो ।
अधिकारीहरूका अनुसार विद्यालयको एक तल्ले भवनको छाना र पर्खाल अचानक भत्किँदा बालबालिकाहरू माटोको च्यापेटमा परेका थिए ।
दुर्घटनाका बेला विद्यालयको कक्षा सुरु हुने तयारी भइरहेको थियो र बालबालिकाहरू कोठाभित्र छिर्न लागेका थिए । प्रहरीका अनुसार घटनापछि तुरुन्तै उद्दार कार्य सुरु गरिएको थियो ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई तत्कालै झालावारको जिल्ला अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा लगिएको छ । स्थानीय प्रशासन र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाइएको छ ।
राज्य सरकार र विद्यालय प्रशासनको लापरबाहीका कारण यो दुर्घटना भएको भन्दै स्थानीयवासीहरूले आक्रोश व्यक्त गरेका छन् । घटनापछि मृतक बालबालिकाका परिवारमा शोकको छायाँ छाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया