लुम्बिनी संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

लोकपथ
168
Shares

काठमाडौं  । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवर्द्धनका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक धार्मिक सम्मान कार्यक्रममा बोल्दै उनले लुम्बिनी केवल भौगोलिक स्थल मात्र नभएर विश्व शान्तिका लागि एक महत्त्वपूर्ण धार्मिक केन्द्र भएको स्पष्ट पारे ।

कार्यक्रममा थाइल्याण्डका सुपोत महास्थथवीरलाई नेपाली बौद्ध समुदाय तथा विश्व शान्ति विहारले धार्मिक अभिनन्दन गरेको थियो । उनलाई यसअघि थाई सरकारले लुम्बिनीमा पुर्‍याएको धार्मिक र सामाजिक योगदानको कदरस्वरूप सम्मान गरिसकेको छ ।

उक्त योगदानलाई स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘उहाँले लुम्बिनीमा अनवरत रूपमा धार्मिक र सामाजिक योगदान पुर्‍याउनुभएको छ । थाइ सरकारले उहाँलाई दिएको सम्मान अत्यन्त महत्त्वपूर्ण छ। यसले लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलाई थप बलियो बनाएको छ ।’

सिंहले लुम्बिनीलाई केवल नेपालका लागि नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीकको रूपमा व्याख्या गर्दै बुद्ध धर्म र लुम्बिनी एक अर्काका पर्यायवाची भएको उल्लेख गरे ।

उनले जोड दिए, ‘बुद्धिजमलाई अघि बढाउन र लुम्बिनीको संरक्षण गर्न हामी सबैको साझा प्रयास आवश्यक छ ।’

कार्यक्रममा बौद्ध धर्मगुरुहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा थाई बौद्ध समुदायका सदस्यहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?