इजरायललाई ट्रम्पको निर्देशन : ‘सैन्य कारबाही तीव्र पारेर हमास विरुद्धको काम टुंग्याऊ’

लोकपथ
2k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा हमासविरुद्धको कारबाही सक्न निर्देशन दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै उनले इजराइललाई गाजामा सैन्य कारबाही अझै तीव्र बनाउन भनेका हुन् ।

सीएनएनका अनुसार ट्रम्पले ‘गाजाबाट हमासको नामोनिशान मेटाउनु पर्छ’ भनेर इजरायललाई निर्देशन दिएका छन् । उनले अझै बाँकी रहेका बन्धकका कारण हमास युद्धविराममा सहमत हुन चाहँदैन भनेका छन् ।

युद्धविरामका लागि कतारमा भइरहेको वार्ता पनि अहिले रोकिएको छ। अमेरिका र इजरायलले आफ्ना वार्ता टोली फिर्ता बोलाएका छन् । हमासले प्रस्तावित सर्तहरूमा असहमति जनाएपछि वार्ता अघि नबढेको जनाइएको छ ।

यसबीच, गाजामा मानवीय अवस्था झनै खराब हुँदै गएको छ । खाद्यान्नको अभाव, कुपोषण, सहायता रोकिएको अवस्था र निरन्तरको आक्रमणले जनजीवन अत्यन्तै कठिन बनेको छ ।

संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले युद्ध तुरुन्त रोक्न र गाजामा मानवीय सहायता आपूर्ति गर्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?