बागमतीका एकैदिन चार मन्त्री बर्खास्त, मुख्यमन्त्री लामाको नेतृत्व जोगिन सक्ला ?

लोकपथ
2.6k
Shares
फाइल तस्बिर

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले प्रदेश सरकारका चार जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

बर्खास्त गरिएकामध्ये आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन् ।

मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १ सय ६९ को उपधारा २ को ‘ख’अनुसार उनीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका हुन् ।

चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सएप’मार्फत मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए । ती सबै नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू हुन् ।

यससँगै शुक्रबार नै मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता भएको छ । राजीनामा दिएका चारै मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले नेपाली कांग्रेस संसदीय दलमार्फत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

बागमती प्रदेशको राजनीतिक स्थितिमा यस घटनाले थप उतारचढाव ल्याउने संकेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?