बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि निलम्बन गरिएको छ ।
साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
महासचिव रमेश चौलागाईद्वारा जारी पत्रअनुसार संघको विधानअनुसार कारबाही गरिएको हो ।
पोखरामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा अशिष्ट व्यवहार, निर्देशन अवज्ञा, सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध टिप्पणीजस्ता गतिविधिका कारण खरेलसँग स्पष्टीकरण मागिएको थियो । उनले इमेलमार्फत आरोप अस्वीकार गर्दै आफूलाई अन्यायपूर्वक निलम्बन गरिएको बताएका छन् ।
खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् । उनले पार्टी नेतृत्व परिवर्तनको मागलाई लोकतान्त्रिक अभ्यास भन्दै समानान्तर कमिटी गठनको चेतावनी समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया