बीवाईडीको सिलायन सेभेन गाडी नेपाली बजारमा, ‘अर्ली बर्ड अफर’स्वरुप मूल्य ७२.९९ लाख

लोकपथ
546
Shares

काठमाडौं। बीवाईडीको बहुप्रतीक्षित एसयूभी ‘सिलायन सेभेन’ अब नेपाली बजारमा आधिकारिक रूपमा बिक्रीमा आएको छ ।

बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन बिहीबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेको हाे । कम्पनीले गाडीको बुकिङ असार २० गतेदेखि खुलाएकामा बिहीबारबाट बेच्न सुरु गरेको छ ।

कम्पनीले गाडीको मूल्य केही समयका लागि ‘अर्ली बर्ड अफर’ स्वरुप ७२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । गाडीको खास मूल्य ७४ लाख ९९ हजार रुपैयाँ हो ।

कम्पनीले यो गाडी गत वर्ष नाडा अटो शोमा प्रदर्शनीमा राखेकामा बिक्री बल्ल सुरु गरेको हो । सिलायन सेभेनले बजारमा डीपल एस ०७, महिन्द्रा बीइ ६, एक्सयूभी ९ ई र लीपमोटर सी १० सँग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सिलायन सेभेन ४.८ मिटर लामो एसयूभी हो । गाडीमा १०० किलोवाटको मोटर पावर उपलब्ध छ । यसमा ७१.८ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक छ । एक पटकको फुल चार्जमा गाडीले ४४० किलोमिटरभन्दा धेरै रेन्ज दिने कम्पनीले जनाएको छ ।

गाडीमा १५.६ इन्चको रोटेड टचस्क्रिन र १०.२५ इन्चको क्लस्टर उपलब्ध छ । यसमा सिलमा जस्तै हेडअप डिस्प्लेको पनि सुविधा छ ।

पानारोमिक ग्लास सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्सिङ क्यामेरा, एन्ड्रोइड अटो र एप्पल कार प्ले, ६ वटा एयरब्याग, राडर, मल्टिपल क्यामरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट गाडीका विशेषता हुन् ।

यस्तै फ्रन्टररियर क्रस ट्राफिक अलर्ट, अगाडि र पछाडि क्रस ट्राफिक ब्रेक, ट्राफिक साइन रिकग्नाइजेसन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम र डोर ओपन वार्निङ गाडीका अन्य फिचर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?