अब ९.९९ लाख डाउन पेमेन्टमै ‘रिडारा आरडी ६’

लोकपथ
364
Shares

काठमाडौं ।सिजी मोटर्सले उच्च क्षमताको ईभी पिकअप रिडारा आरडी सिक्स ईभी अब ९.९९ लाख रुपैयाँ अर्थात् ९ लाख ९९ हजार डाउन पेमेन्टमा नै उपलब्ध हुने भएको छ ।

सीजी मोटर्सले चीनको अग्रणी अटो गुप्रसँगको सहकार्यमा यो नयाँ आकर्षक अफर नेपाली बजारका ल्याएको हो ।

६३ किलोवाट-आवरको क्षमताको ब्याट्री, २०० किलोवाट पावर र ३८५ एनएम टर्क दिने सिंगल मोटर जडान भएको रिडारा आरडी ६ ले ३७७ किमी रेन्ज प्रदान गर्छ । साथै म्याप प्लेटफर्ममा आधारित यो गाडी नेपाली सडकका लागि अनुकूल Independent Suspension सहित निर्माण गरिएको कम्पनीले जनाएको छ । 

यस पिकअपमा १२०० लिटरको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र बाह्य उपकरण चार्ज गर्न सकिने  V2L प्रविधि छ । साथै Comfort, Economy, Off-road मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स  लिड हेडलाइट, र ६६% हाई-स्ट्रेन्थ स्टील बडी यसका अन्य विशेषता हुन् ।

सीजी मोटर्सले ग्राहकका लागि ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी र आकर्षक क्यासब्याक अफरसमेत ल्याएको छ ।

देशभरका २६०+ चार्जिङ स्टेसन र २०+ सेवा केन्द्रमार्फत कम्पनीले गाडी प्रयोगकर्तालाई सुलभ सेवा पुर्‍याउने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?