नुवाकोटका सयौँ घर विपद्को जोखिममा, नेता केसीले संसदमा उठाए कुरा

लोकपथ
140
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशभरका जोखियुक्त बस्तीहरुको स्थानान्तरणमा सरकार लाग्नुपर्नेमा जोड दिएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् ।

त्यस्तै आफ्नो निर्वाचन क्षेत्र समेत रहेको गृहजिल्ला नुवाकोटका सयौँ घरहरु उच्च जोखिममा रहेको बताउँदै त्यसको व्यवस्थापन र स्थानान्तरणमा लाग्न समेत आग्रह गरे । नेता केसीले नुवाकोटका विभिन्न स्थानका सयौँ घरहरु जोखिममा रहेको भन्दै त्यसको व्यवस्थापनका लागि लाग्न सरकारको ध्यानाकर्षण गराए ।

‘नुवाकोट जिल्लामा किस्पाङ गाउँपालिकाको खुर्लु खोली र आप्काबेसीमा २६ घर, शिवपुरी गाउँपालिका गारे र गेब्राङ गाउँमा ३४ घर, पञ्चकन्या गाउँपालिकाको सुवेदी र वैद्य टोलमा गरी २८ घर र सूर्यगढी गाउँपालिकाको बुलबुले काउले सेमाङमा १२५ घरको जोखिममा छ,’ नेता केसीले भने, ‘व्यवस्थापन वा बस्ती स्थानान्तरण गर्न म जोडदार माग गर्दछु । सरकार खाली प्रतिवेदन दिने र उच्च जोखिम भनेर मौन भएर नबसोस् ।’

देशभर ४ सय भन्दा बढी बस्ती जोखिममा रहेको तर सरकारले त्यसलाई व्यवस्थापन र स्थानान्तरण गर्न नसकेको भन्दै आपत्ति जनाए ।

‘राष्ट्रिय विपद् तथा जोखिम न्यूनिकरण प्राधिकरणको तथ्यांकले देशभरी झण्डै ४ सय भन्दा बढी उच्च जोखिमयुक्त क्षेत्र पहिचना गरी बस्ती स्थानान्तरणको लागि सिफारिस समेत गरेको छ,’ उनले भने ।

त्यस्तै रसुवाबाट आएको बाढीका कारण त्रिशुली नदी तटीय क्षेत्रमा खेतीबाली र बस्ती जोखिममा रहेको भन्दै त्यसको व्यवस्थापनमा जुट्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?