१३ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक युवक पक्राउ

लोकपथ
784
Shares

पर्वत । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जलजला गाउँपालिका–८ निवासी २० वर्षीय समुन्द्र जिसी रहेका छन् । 

उनलाई पीडित पक्षबाट प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जिसीले ती बालिकालाई जबरजस्ती करणी गरेको आशंकामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

‘मुद्दासम्बन्धी आवश्यक अनुसन्धान जारी छ,‘जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले पीडितको गोपनीयता तथा अनुसन्धानको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?