काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँ घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँमा पुगेको छ । अघिल्लो दिन यो १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला २३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २३४० रुपैयाँमा पुगेको छ ।
हालसम्म साउन ७ गते चाँदीको भाउ २३५० रुपैयाँ पुगेर सबैभन्दा उच्च भएको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया