भायानेट कम्युनिकेशन लिमिटेडको सञ्चालक समितिमा परशुराम कुँवर क्षेत्री नियुक्त

लोकपथ
42
Shares

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार क्षेत्री भायानेटको बोर्डमा आबद्ध भएका हुन् । तीन दशकभन्दा बढी समयदेखि बैंकिङ तथा वित्तीय क्षेत्रको नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका क्षेत्रीलाई भायानेटले आफ्नो दीर्घकालीन रणनीति, सशक्त नेतृत्व र दिगो विकासमा मार्गदर्शन मिल्ने अपेक्षाका साथ बोर्डमा स्वागत गरेको जनाएको छ ।

क्षेत्रीले आफ्नो पेशागत यात्रा सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए । त्यसयता उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशिया जस्ता वित्तीय संस्थाहरूमा वरिष्ठ पदमा काम गरेका छन् ।

उनी जनता बैंक र ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहे । ग्लोबल आइएमई बैंकबाट उनले सन् २०२० मा अवकास लिएका थिए ।

भायानेटले क्षेत्रीको अनुभव र नेतृत्व क्षमताले कम्पनीलाई प्रविधिमा आधारित सेवा विस्तार, ग्राहक सन्तुष्टि, र व्यावसायिक सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?