कालीमाटी बजारमा सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक, गोलभेँडा ६०, स्याउ ३५० रुपैयाँ

लोकपथ
924
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि सागसब्जी, फलफूल र अन्य कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा निर्धारण गर्ने मूल्य अनुसार आजका लागि विभिन्न तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य तोकिएको हो ।

तरकारीको मूल्य
गोलभेँडा (ठूलो नेपाली) प्रतिकिलो रु ६०, आलु रातो (भारतीय) रु ३३, प्याज (भारतीय) रु ३९, गाजर (लोकल) रु १००, बन्दा (लोकल) रु ३०, काउली (स्थानीय) रु ७०, भन्टा रु ३०–४०, घिउ सिमी रु ४०–६०, टाटे सिमी रु ६५, करेला रु २०, फर्सी रु ३०–५०, भिण्डी रु ३०, रायो/पालुंगो साग रु ६०–७०, तोरीको साग रु ४५, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, र गुन्द्रुक रु ३५० मा बिक्री भइरहेका छन्।

फलफूलको मूल्य
स्याउ (फुजी) रु ३५०, केरा (दर्जन) रु १३५, अनार रु ३५०, आँप (माल्दह/दशहरी) रु १४०, मौसम रु १६०, जुनार रु २५०, नास्पाती (लोकल) रु ३५, मेवा रु १००, र लप्सी रु ४५ प्रति किलो निर्धारण गरिएको छ।

मसला तथा विशेष वस्तुहरू
अदुवा रु १००, लसुन (चाइनिज) रु २००, हरियो धनियाँ रु ३००, खुर्सानी (अकबरे) रु २००, छ्यापी (हरियो) रु २००, राजा च्याउ रु ३००, र सिताके च्याउ रु ९०० मा तोकिएको छ।

माछाको मूल्य
ताजा माछा (रहु) रु ३३०, बचुवा रु ३२०, छडी रु २५० प्रति किलो तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?