बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु

लोकपथ
224
Shares

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा सागसब्जी बोक्ने बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेलको बोलेरोको ठक्करबाट गम्भीर घाइते भई उपचारको क्रममा भरतपुर अस्पतालमा गय राति नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनीबाट टाँडी जाँदै गरेको सागसब्जी बोक्ने प्रदेश २-०२-००१ च०५१० नम्बरको बोलेरो गाडीले ओभरटेक गर्ने क्रममा बा.प्र.०६-००१प ३५०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?