काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गत असार ७ गतेदेखि चलाएको हस्ताक्षर अभियानमा हालसम्म साढे २७ लाखको सहभागिता भएको छ ।
एकमहिनाको अवधिमा देशभरबाट जम्मा २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर अभियानमा भाग लिएका हुन् ।
रास्वपाका प्रवक्ता मनिष झाले एक महिनाको अवधिमा साढे लाख बढीले ऐक्यबद्धता जनाएको जानकारी दिए ।
रास्वपा सभापति रवि लामिछानेविरुद्ध सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले त्यसको विरुद्ध ऐक्यबद्धता जनाउन भन्दै हस्ताक्षर अभियान चलाएको थियो ।
प्रवक्ता झाका अनुसार हस्ताक्षर अभियानमा बागमती प्रदेशबाट सबैभन्दा धेरैको सहभागिता रहेको छ । जहाँबाट ७ लाख १३ हजार ३ सय ३१ जनाले सहभागिता जनाएका छन् । त्यस्तै दोस्रोमा गण्डकी प्रदेशबाट सहभागिता रहेको छ ।
जहाँबाट ५ लाख १२ हजार ९ सय १४ जनाले सहभागिता जनाएका छन् ।
लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४ सय ३१ जनाले सहभागिता जनाएका छन् ।
त्यसपछि कोशी प्रदेशबाट सहभागिता रहेको छ, जहाँबाट २ लाख १३ हजार १ सय ६ जनाले सहभागिता जनाएका हुन् ।
सुदूरपश्चिम प्रदेशबाट हालसम्म १ लाख १० हजार ५ सय १२ जनाले सहभागिता जनाएका छन् । त्यस्तै त्यसपछि धेरै मधेश प्रदेशबाट सहाभागिता भएको छ । जहाँबाट १ लाख ४ हजार ३ सय ६० जना, कर्णाली प्रदेशबाट ७२ हजार १ सय १२ जनाले सहभागिता जनाएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट ७२ हजार १ सय ४२ जनाले सहभागिता जनाएका छन् ।
प्रवक्ता झाका अनुसार केन्द्रीय कार्यालय बनस्थली बुथमा आएर सहभागिता जनाउनेहरुको संख्या ३६ हजार ५ सय १० रहेको छ ।
यसैगरी काठमाडौंमा र्याटको व्यवस्थापका बुथबाट ७४,११३ जनाले सहभागिता जनाएका छन् ।
त्यसो त भौतिक भन्दा भर्चुअल माध्यमबाट सहभागिता जनाउनेको संख्या समेत धेरै रहेको छ । ह्वास्टएपबाट हालसम्म ७ लाख ५ सय ५२ जनाले सहभागिता जनाएका छन् भने इमलेबाट समेत ८३ हजार ५ सय ६६ जनाले सहभागिता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया