काठमाडौं । होटेल बाराही पोखराले २१ हजार ५ सय रुपैयाँमै दुईतर्फी हवाई टिकटसहित २ रात ३ दिनको प्याकेज दिने भएको छ । बुद्ध होलिडेजसँगको सहकार्यमा बाराही होटेलले यस्तो प्याकेज घोषणा गरेको हो ।
बाराही हस्पिटालिटी ग्रुपले बुद्ध एयरको स्वामित्व रहेको बुद्ध होलिडेजमार्फत् पोखराका तीन होटेल र चितवन जङ्गल लजमा मनसुन अफर सार्वजनिक गरेको हो ।
अन्य समयमा होटेलको कोठा मात्रै पाइने मूल्यमा दुई तर्फी हवाई टिकटसहित प्याकेज उपलब्ध गराइएको बुद्ध होलिडेजले जनाएको छ ।
होटेल बाराही पोखरा र सराङकोट माउन्टेन लजमा २ रात ३ दिनको प्याकेज
होटेल बाराही ग्रुपले बुद्ध होलिडेजसँगको सहकार्यमा पोखराको फेवाताल नजिकै रहेको आकर्षक बाराही होटेल पोखरा र सराङकोट माउन्टेन लजमा मनसुन अफर दिएको हो । होटेलले दिएको अफर अनुसार काठमाडौं, भैरहवा, भद्रपुर, नेपालगन्ज वा अन्य गन्तव्यबाट पोखरामा जाने आउने टिकटसहित २ रात ३ दिनको घुमघामको लागि प्रतिव्यक्ति २१ हजार ५ सय रुपैयाँको प्याकेज उपलब्ध गराएको हो ।

उपलब्ध प्याकेजमा एक रात पोखराको फेवातालको किनारामा रहेको होटेल बाराही पोखरा र अर्को रात सराङकोटमा रहेको सराङकोट माउन्टेन लजमा बास र ब्रेकफास्टको व्यवस्था हुनेछ ।
सराङकोट माउन्टेन लज पोखराको सराङकोट डाँडाको टुप्पोमा रहेको एक अत्याधुनिक लक्जरी लज हो । समुद्री सतहदेखि झन्डै १ हजार ६ सय मिटर उचाइमा रहेको यो लजको कोठाबाटै माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, मनासलु लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
बाराही हस्पिटालिटीले यो अफर सेप्टेम्बर १५ अर्थात् भदौ ३० गतेसम्मका लागि दिने भनेको छ । यद्यपि बुकिङ पूरा भएमा भने त्यसअघि नै अफर बन्द हुने जनाएको छ ।
होटेल आवासमा १३ हजार ५ सयमै ब्रेकफास्टसहित २ रातको बास !
बाराही हस्पिटालिटी मातहतकै पोखराकै होटेल आवासमा भने यही अफर केवल १३ हजार ५ सय रुपैयाँमै उपलब्ध गराइने भएको छ ।
होटेल आवासमा पनि २ रात ३ दिनको यो अफरमा दुई तर्फी हवाई टिकट, एयरपोर्ट पिकअप तथा ड्रप, बेड र ब्रेकफास्ट केवल १३ हजार ५ सय रुपैयाँमै उपलब्ध गराउन लागिएको हो ।

पर्यटकको पोखरा बसाई थप अविस्मरणीय बनाउन र पोखराका पर्यटकीय गतिविधिलाई चलायमान बनाउन यस्तो अफर ल्याइएको बाराही हस्पिटालिटीले जनाएको छ ।
चितवन जङ्गल लजमा ब्रेकफास्ट, लन्च र डिनरसहित २ रातको बास केवल ३२ हजार ५ सय रुपैयाँमा
यता लक्जरी टुर र जङ्गल सफारी तथा वन्यजन्तु अवलोकनको अनुभव लिन चाहने पर्यटकहरूका बाराही हस्पिटालिटीले चितवनको बाराही जङ्गल लजको लागि पनि २ रात ३ दिनको प्याकेज सार्वजनिक गरेको छ ।

बाराही हस्पिटालिटीले २ रात ३ दिनको जङ्गल सफारीसहितको टुर प्रतिव्यक्ति ३२ हजार ५ सय रुपैयाँ कायम गरेको छ । काठमाडौं वा अन्य स्थानबाट चितवनको भरतपुरसम्मको दुईतर्फी हवाई टिकट, एयरपोर्टबाट होटेलसम्मको पिकअप तथा ड्रप, रिसोर्ट वा लजमै ब्रेकफास्ट, लन्च र डिनर तथा जङ्गल सफारी लगायतका जङ्गलमा हुने पर्यटकीय गतिविधि गरी फूल प्याकेज ल्याएको हो ।
महँगो मानिएको चितवन जङ्गल लजमा २ रात ३ दिनको बाससहित हवाई टिकट, जङ्गल सफारी लगायतका गतिविधि सबै जोड्दा नियमित शुल्कमा ६० प्रतिशतभन्दा बढीको छुट दिइएको बाराही हस्पिटालिटीले जनाएको छ ।
*infomercial content
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया