काठमाण्डु गोर्खाजद्वारा एनपीएलका लागि नयाँ लोगो सार्वजनिक

लोकपथ
70
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारी गरिरहेको काठमाण्डु गोर्खाजले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाण्डु गोर्खाजले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो ।

काठमाण्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र सिइओ सुरज सिंह ठकुरीले उक्त लोगो सार्वजनिक गरेका हुन् ।

उक्त लोगोमा काठमाडौंको संस्कृत प्रतिनिधित्व गर्ने गरी समेटिएको छ । काठमाण्डु गुर्खाजको नामबाट पहिलो संस्करण खेलेको फ्रेन्चाइज टोली अब काठमाडौं गोर्खाज हुने भएको छ । काठमाडौं गोर्खाजले बागमती प्रदेशका चार जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटको सेरोफेरोमा रहेर क्रिकेट गतिविधि पनि गर्ने उल्लेख गरेको छ ।

यसै क्षेत्रका समर्थकलाई पनि समेट्ने काठमान्डु गोर्खाजको योजना रहेको जनाइएको छ ।

बिहीबार नै भएको पत्रकार सम्मेलनमा काठमाण्डु गोर्खाजले आगामी सिजनका लागि मुख्य प्रायोजकका रूपमा वर्ल्ड लिंकसँग र हस्पिटालिटी पार्टनरका रोयल टुलिप काठमाडौंसँग सहकार्य गरेको छ । यसका लागि काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले वर्ल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालसँग र रोयल टुलिपका जनरल म्यानेजर बलराम पाठकसँग सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छन् ।

गत सिजन काठमाण्डु प्लेअपमा पुग्न असफल भएको थियो । तेस्रो र चौथोँ स्थानका टोलीसँग सामना अंक भएपनि नेट रनरेटमा पछि पार्दा काठमाण्डु पाँचौं स्थानमा सीमित भएको थियो ।

यसपल्ट काठमाण्डुले व्यवस्थापन, लोगो र प्रशिक्षकमा पनि परिर्वतन गरेको हो । नेपाली राष्ट्रिय टोली समालिसकेका मोन्टी देसाई काठमान्डु गुर्खाजको प्रशिक्षकमा नियुक्त भइसकेका छन् । उनको प्रशिक्षण टोलीमा वसन्त शाही हुनेछन् । शाही यसअघि टोलीका मुख्य प्रशिक्षक थिए । काठमान्डु गोर्खाजको मार्की खेलाडी करण केसी हुन् । उनले आगामी सिजन उपाधि जित्ने आशा व्यक्त गरेका छन् । काठमान्डु गोर्खाजले भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरिसकेको छ । सो अवसरमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फ्रेन्चाइज टोलीले अपग्रेड गरे मात्र एनपिएलको स्तर विकास हुने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?