काठमाडौं । न्यु इनर्जी भेइकल्स (NEV) क्षेत्रमा बीवाईडी (BYD) ले ऐतिहासिक उपलब्धि हासिल गर्दै १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेको घोषणा गरेको छ ।
चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनस्थित जियाओमो प्रोडक्सन बेसमा आयोजित विशेष समारोहमा कम्पनीले ‘याङवाङ यु७’ मोडललाई माइलस्टोन सवारीको रूपमा सार्वजनिक गर्दै यस उपलब्धिको उत्सव मनाएको हो ।
बीवाईडीले सन् २०२५ को पहिलो अर्धवार्षिक (जनवरी–जुन) अवधिमा घरेलु बजारमा ३१.५ प्रतिशत वृद्धि गर्दै २१ लाख १३ हजार युनिट बिक्री गर्न सफल भएको छ । सोही अवधिमा अन्तर्राष्ट्रिय बजारमा कम्पनीको बिक्री दर १२८.५ प्रतिशतले वृद्धि भई ४ लाख ७२ हजार युनिट पुगेको छ ।

बीवाईडी हाल ग्लोबल एनईभी बिक्रीमा पहिलो स्थानमा उक्लिन सफल भएको कम्पनीको दाबी रहेको छ । यस्तै, १ करोड ३० लाख युनिट एनईभी उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी बनेको छ । यो उपलब्धिलाई न्यु इनर्जी अटोमोबाइल उद्योगको ऐतिहासिक फड्कोका रूपमा हेरिएको छ ।
कम्पनीले माइलस्टोन सवारीको रूपमा सार्वजनिक गरेको याङवाङ यु७, चीनकै पहिलो १० हजार युनिट बिक्री पार गर्ने अल्ट्रा–लक्जरी अटो ब्रान्ड हो । यसले उच्च–गुणस्तरको उपभोक्ता बजारमा बीवाईडीको प्रविधिक दक्षता र ब्रान्ड मूल्यलाई थप उचाइमा पुर्याएको छ ।
बीवाईडीको निरन्तर प्रगति केवल कम्पनीको सफलतामा सीमित छैन, यसले चिनियाँ अटो उद्योगको प्रगति, प्रतिस्पर्धात्मक क्षमता र औद्योगिक आत्मविश्वासलाई समेत विश्वसामु उजागर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया