काठमाडौं । प्रहरी अवैध लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भइ हाल काठमाडौंको चन्द्रागिरीमा बस्दै आएकी ३९ वर्षीया पार्वती मगर रहेकी छन् ।
बुधबार राति ९ बजेको समयमा चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित सडकमा हिँडिरहेकी थिइन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट प्रहरी टोलीले उनको पिछा गरेको थियो । शंकास्पद झोला बोकेर हिँडिरहेकी उनलाई प्रहरीले चेकजाँच गरेको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी अपिल बोहराका अनुसार ती महिलाले बोकेको जेब्रा झोला चेकजाँच गर्दा ७ केजी तौल भएको चरेस बरामद गरिएको हो ।
उनको साथबाट १२ वटा पोकामा प्याक गरिएको अवस्थामा चरेस फेला परेको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट थप ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया